gallery image
‘नेपाली आकाश सुरक्षित छ’
काठमाडौं: हवाई दुर्घटना संयोगमात्रै भएकाले आम नागरिक त्रसित नहुन सरोकारवालाहरूले अनुरोध गरेका छन्। नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबार आयोजना गरेको ‘उड्डयन सुरक्षा’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले यस्तो अनुरोध गरेका हुन्।

प्राविधिक ज्ञान भएका योग्य चालकदेखि जहाजको चेकजाँच, मर्मत, निरीक्षणलगायतमा उच्च सतर्कता अपनाउने भएकाले एउटा दुर्घटनालाई आधार मानेर त्रसित नहुन ध्यानाकर्षण गरिएको छ।  

यससँगै हवाई दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा सत्यतथ्यविहीन अफवाह फैलाएको भन्दै नेपाली आकाश सुरक्षित भएको विज्ञहरू बताउँछन्। नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामे˘वर थापा हवाई सुरक्षालाई ध्यानमा राख्दै सञ्चालन गर्ने गरेको तर दुर्घटना संयोग हुने गरेको बताउँछन्। 

दुर्घटना नेपालमा मात्रै होइन धेरै मुलुकमा थुप्रै पटक भएका उदाहरण दिँदै उनले भने, ‘जर्मनमा भर्खरै विमान दुर्घटनाबाट धेरैको ज्यान गएको छ। नेपालको हवाई यातायात त्यति डरलाग्दो छैन,’ दुर्घटना हिँड्दाहिँड्दै पनि हुने भएकाले हरेक कुरामा जोखिम हुने बताउँदै उनले आफूले उडान गर्दा ठूलो दुर्घटनाबाट भाग्यले बाँचेको अनुभव सुनाए। पाइलटले जोगाउन हरकदम पहल गर्ने उनको भनाइ छ। दुर्भाग्यवश हुने दुर्घटना आफैंमा दुःखद् भएको बताउँदै उनले थपे, ‘दुर्घटना एउटा कारणले मात्रै हुँदैन। खराब मौसम, इन्जिनियरिङ, प्राविधिक, व्यवस्थापन, नियमनलगायतका विभिन्न कारणले हुन सक्छन्।’

यसैक्रममा उनले नेपालको उड्डयन मुलुकको धरोहर भएको बताए। किनभने पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा महŒवपूर्ण भूमिका खेल्ने काम वायुसेवाले गर्दै आएकोले उड्डयन मुलुकको धरोहर भएको उनको भनाइ छ। यसैले यसलाई बचाउनतर्फ लाग्न सबैमा अनुरोध गरे।

अन्तर्क्रियामा इन्जिनियरिङ विभागको तर्फबाट मेघेन्द्रकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै हवाई यात्रा सुरक्षित बनाउन इन्जिनियरहरूले हरपल लागि पर्ने गरेको बताए। ‘जहाज चेकजाँच गरेर शतप्रतिशत सही छ भनेपछि मात्र उडाइन्छ। जहाज नेपाल उड्डयन प्राधिकरणबाट प्रमाणीकरण नभएसम्म भिœयाउन नपाउने भएकाले यसमा उच्च सतर्कता अपनाइन्छ। हरेक दिन, हरेक पटक उडान भरेपछि नियमअनुसार पटक–पटक मर्मत गरिन्छ,’ श्रेष्ठ भन्छन्, ‘जहाजमा कति लोड भए उडान हुन्छ भन्नेमा चनाखो होइन्छ। जहाज बनाएर मात्रै हँुदैन यसको निरन्तर उडान पनि महŒवपूर्ण हो। जहाज डिजाइन गरेको कम्पनीले समयअनुकूल परिवर्तन भएको प्रविधि, निर्देशनलगायतबारे संशोधनबारे जानकारी गर्दै आएको हुन्छ। गुणस्तरयुक्त पार्टपुर्जा परिवर्तनसँगै, उडान भरेको पटकैपिच्छे निरीक्षण र निरन्तर मर्मत गरिन्छ। मर्मत गर्न पनि विशेष इन्जिनियर नै हुनुपर्ने भएकाले उसको योग्यता, अनुभव र क्षमतावान्लाई मात्रै यसको जिम्मा दिइन्छ।’ 

यसर्थ, जहाजको प्राविधिक पाटो बलियो हुने गरेको उनको दाबी छ। उच्च सुरक्षा अपनाइन्छ यसबारे सरोकारवालाहरूले बुझ्न जरुरी छ। जहाजको उमेर बढ्दैमा थोत्रो हुँदैन। २०–३० वर्षअघिको भन्दैमा उडान सुरक्षित छैन भन्ने हुँदैन। उमेरले होइन यसको नियमनमा रहेर निरीक्षण, जाँच कति गरिन्छ भन्नेमा पनि भर पर्छ। 

यस्तै, सेफ्टी एन्ड सेक्युरिटी डिपार्टमेन्टका क्याप्टेन विनोद पुरी आम नागरिकको दिमागमा नेपालको आकाश कत्तिको सुरक्षित छ, भन्ने कुरामा बढी शंका सिर्जना भएको बताउँछन्। यद्यपि नेपालको आकाश थप सुरक्षित बनाउन जहाज उडानमा संलग्नलाई थप तालिम, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को भूमिका हुने भएकाले अब नेपाल उड्डयन प्राधिकरण र सञ्चालकहरूले पनि निगरानीमा जोड दिनुपर्ने उनको भनाइ छ। यसभन्दा अगाडि पनि मानवीय त्रुटिभन्दा पनि अधिकांश हवाई दुर्घटना एक्कासी खराब मौसम परिवर्तनले भएको बताए। क्याप्टेन पुरी उदाहरण दिँदै भन्छन्, ‘सन् २०१९ मा समिट एयर लुक्लामा दुर्घटना भएको थियो। सोही वर्ष पाथीभरामा खराब मौसमका कारण दुर्घटना भएको थियो। दुर्घटना संयोग मात्रै हो। त्यसैले नेपालको आकाश असुरक्षित छ भनेर शंका पैदा नगरौं।’

अन्तक्र्रियामा नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक श्यामकिशोर साह पछिल्लो हवाई दुर्घटना ठूलो भएकोमा दुःख व्यक्त गर्दै यस्ताखाले दुर्घटना हुन नदिन प्राधिकरणले कडाइ गरिरहेको बताउँछन्। सुरक्षित हुन जहाजै नउडाउन मिलेन, उडाएपछि उच्च सतर्कता कायमै हुन्छ। नियमन, तालिम र प्रविधिमा जोड दिएको छ। ‘एउटा हवाईजहाज दुर्घटना हुँदैमा सबै असुरक्षित हँुदैनन्। कहिलेकाहीँ फेल हुनसक्छ। हरेक यात्रा सुरक्षित बनाउन शतप्रतिशत कोसिस हुन्छ। यसैले सडक यातायातसँग हवाई यातायातलाई तुलना गर्न मिल्दैन,’ निर्देशक साहले भने। यसैक्रममा उनले विमानस्थलको संख्या र काम गर्ने समय बढाए पनि जनशक्ति भने कम भएको जनाए। 

यसैगरी, कार्यक्रममा नेपाल वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्की  अहिले सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालका सूचना जथाभावी आएर वायुसेवालाई बदनाम गर्न खोजिएकोले एउटा घटनालाई आधार मानेर सबैलाई त्यसरी मूल्यांकन गर्न नहुने बताउँछन्।