gallery image
यती एयरलाइन्स २५ वर्षमा, पाँच जहाजले बाेक्याे वर्षमा १० लाख यात्रु
काठमाडाैं । नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाईन्सको हवाई यात्रा २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेकाे छ ।
तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनी २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एयरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।
नेपालमा हवाईसेवाको बिकासमा महत्त्वपूर्ण योगदान रहेको यस एयरलाईन्सको सुरूवात २ वटा ट्विनअटर वायुयान बाट भएको थियो । २४ वर्षे यात्राको दौरानमा यो एयरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ ।

यो यात्रामा डिएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी(१२०,साब(३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० ट्विनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एअरले नेपालमा हवाईसेवाका लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ ।

यस  एयरका प्राबिधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा सञ्चालित सम्पुर्ण एअरलाईन्समा कार्यरत रहेको यती एयरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिएअनुसार 'यतीको २४ वर्षे यात्रा लगनशील तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आंगछिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ ।'

१ वर्षको अवधिमा ५ वटा विमानमार्फत यस एयरलाइन्सले १५ हजार ९ सय २५ उडानमार्फत १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई सेवा दिएको छ भने २७ हजार ६ सय ६३ विदेशी पर्यटकलाई सेवा दिएको छ ।

साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरिएर  बोकेको छ । यो अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एयरलाइन्सले जानकारी  दिएको छ ।

हालै एउटा विमान थपेको यती संग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ ।

 बुधबार ५ असोज २०७९ १२:२६ PM मा प्रकाशित